PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'भिलेन' बन्ला त निखिलको कमब्याक फिल्म?



पहिलोपोस्ट

'भिलेन' बन्ला त निखिलको कमब्याक फिल्म?

काठमाडौं : फिल्म भिलेनको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा एक्सन अभिनेता निखिल उप्रेती र शिल्पा पोख्रेल फिचर्ड छन्। पहिलोपटक निखिल र शिल्पाको जोडी स्क्रिनमा देखिने भएको हो। 

एक्सन जनराको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। फिल्ममा निखिल र शिल्पासँगै निशा अधिकारी, कपिल खत्रीलगायतको अभिनय छ। फिल्म भने पुष २७ गतेदेखि प्रदर्शनमा आउनेछ।

द ग्लोबल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामा/मदन कश्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ/साहिल खानको सम्पादन, बसन्त सापकोटा/बाबुल गिरी/लाल कुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना/दीपक श्रेष्ठको कोरियोग्राफी छ।

निखिलको पछिल्लो फिल्म 'पिंजडा ब्याक अगेन' बक्स अफिसमा खासै चलेन। अब निखिलका लागि भिलेन' कमब्याक फिल्म बन्ला त? त्यो पछि नै थाह हुनेछ। तर शिल्पाको पछिल्लो फिल्म 'मंगलम'लाई दर्शकले रुचाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell