PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ए डिभिजन लिग : पुलिसलाई हराउँदै मनाङ उपाधि नजिक, संकटामाथि ५ अंकको अग्रता

ए डिभिजन लिग : पुलिसलाई हराउँदै मनाङ उपाधि नजिक, संकटामाथि ५ अंकको अग्रता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले विभागीय क्लब नेपाल पुलिसलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रा सहज बनाएको छ।

लिग अन्तर्गत आइतवार भएको दशौँ चरणको अन्तिम खेलमा मनाङले पुलिसलाई १-० ले पराजित गरेको हो।

मनाङलाई यस सिजन लगातार दशौँ जित दिलाउन विदेशी खेलाडी एडेलाजा सोमिडेले खेलको ५३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

यसैगरी मनाङका सुजल श्रेष्ठको लागि पनि पुनरागमन खेल सुखद बन्यो। लिगको उद्घाटन खेल खेलेपनि गभर्सनर्स गोल्डकप खेलेर आएपछि ट्रेनिङका क्रममा चो६ लागेपछि सुजल मैदान बाहिर थिए। उनले ८ खेलपछि यस सिजन लिगमा पहिलो खेल खेलेका हुन्।

यस सिजन अपराजित रहने एक्लो टिम बनेको मनाङले शतप्रशित नतिजासहित १० खेलबाट ३० अंक जोडेको छ। मनाङको नजिक रहेका संकटा र थ्री स्टार अघिल्लो दिन बराबरीमा रोकिएपछि मनाङको उपाधि होड केही सहज बनेको थियो। पुलिसलाई हराएपछि मनाङले दोस्रो स्थानको संकटामाथि ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ।

यस ११औँ चरणमा मनाङले बिहिवार संकटा क्लबसँग खेल्नेछ र उक्त खेल जितेमा लिगमा २ खेल खगावै मनाङ च्याम्पियन बन्नेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell