PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

यस्तो छ 'चौका दाउ'को पोस्टर



पहिलोपोस्ट

यस्तो छ 'चौका दाउ'को पोस्टर

काठमाडौं : फिल्म 'चौका दाउ'ले प्रचार थालेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। पुष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मका तीन पोस्टरले कलाकारको  चरित्र बोल्छ।  

पूर्णेन्दु झाले फिल्मलाई निर्देशन गरेका हुन्। एउटा पोस्टरमा रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त फिचर्ड छन्।

पोस्टरमा वर्षा राउतलाई पनि स्थान दिइएको छ। त्यस्तै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशंकर रिजाल पनि पोस्टरमा समेटिएका छन्।

कमेडी विधामा बनेको फिल्मलाई संगीतकार सम्भुजित बास्कोटाले निर्माण गरेका हुन्। फिल्ममा बास्कोटकै  संगीत छ। फिल्ममा अभिमन्यु निरवीको पटकथा/संवाद, दीर्घ गुरुङको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द छ। फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell