
अष्ट्रेलियाविरुद्ध पर्थमा भोलिबाट सुरु हुने तेस्रो टेस्टका लागि हार्दिक पाण्ड्या र मायांक अग्रवाल भारतीय टिममा समावेश भएका छन्। तर अष्ट्रेलियन टिममा रहेका एक नयाँ सदस्यका कारण यो टेस्टले अहिले धेरै चर्चा पाएको छ।
२६ डिसेम्बरबाट सुरु हुने तेस्रो टेस्टका लागि अष्ट्रेलियाले घोषणा गरेको १५ सदस्यीय टोलीमा एक नयाँ खेलाडी छन् जसको उमेर ७ वर्षको मात्र छ।
आर्ची सिलर तेस्रो टेस्टमा टिमको उपकप्तान रहनेछन्। कप्तान टिम पेनले शनिवार आर्चीको सातौँ जन्मदिनको यो घोषणा गरेका हुन्। आर्ची सिलरले एडिलेडमा भएको पहिलो टेस्टका क्रममा अष्ट्रेलियन टिमसँग अभ्यासमासमेत सामेल थिए।
Australia’s newest Test squad member has his whites and is warming up with the rest of the Aussie squad at training. Learn his full story HERE: https://t.co/ctXeVwWwOL pic.twitter.com/4s2EFarMoN
— cricket.com.au (@cricketcomau) December 3, 2018
क्रिकेट अष्ट्रेलियाले यसबारे पुष्टि गरेको छ। क्रिकेट अष्ट्रेलियाको आधिकारिक वेबसाइटका अनुसार आर्चीलाई टेष्ट टिममा समावेश गर्ने खबर यस महिनाको सुरुमै सार्वजनिक भएको थियो। सबैभन्दा पहिला प्रशिक्षक जस्टिन लाङगरले फोन गरेर उनलाई यो खबर दिएका थिए। त्यसबेला अष्ट्रेलियन टिम युएइमा पाकिस्तान विरुद्ध खेलिरहेको थियो।
को हुन् आर्ची?
आफ्नो जीवनको छोटो समयमै आर्चीले धेरै कठिन परिस्थितीको सामाना गरे। तीन महिनाको उमेरै मुटुको रोगबाट ग्रसित उनको दक्षिण अष्ट्रेलियामा लगेर शल्यक्रिया गरिएको थियो। उनको ७ घण्टा लामो शल्यक्रिया भएको थियो।
६ महिनापछि आर्चीको मुटुको धड्कन र भल्बमा समस्या आएपछि फेरी अस्पताल लैजानु परेको थियो। पछिल्लो डिसेम्बरमा उनको समस्या पुन: बल्झियो र उनको तेस्रो पटक ओपन हार्ट सर्जरी गरियो।
यस पटक चिकिस्तकहरुले आर्चीको शल्यक्रियाको परिणाम जस्तो पनि आउने बताएको उनका आमाले क्रिकेट अष्ट्रेलियासँग बताएका छन्।
यी सब हुनका बावजुत आर्चीले आफ्नो स्कुललाई धेरै मिस गरे।
तर यो क्रिसमसले आर्चीको जीवनमा खुशी ल्यायो। अष्ट्रेलियन टेष्ट टिमका कप्तान टिम पेनले घोषणा गरिदिए कि, 'आर्ची र उसको परिवारले धेरै कष्ठ झेलेका छन्। जब आर्चीको पिताले उनलाई सोधेका थिए कि उनी के बन्न चाहन्छन् तब उनले भनेका थिए कि म अष्ट्रेलियन टिमको कप्तान बन्न चाहन्छु। हाम्रो टिमको लागि यो ठूलो प्रेरणादायी विषय हो। बक्सिङ डे मा हामी उनलाई अरु सामु ल्याउनका लागि उत्सुक छौँ।'
Watch out Nathan Lyon, Archie's coming for your spot!
— cricket.com.au (@cricketcomau) December 23, 2018
MORE: https://t.co/zOHu6KpvYE pic.twitter.com/PEgW1qSITd