
स्पानिस ला लिगा अन्तर्गत आइतवार भएको खेलमा सेभियाले लेगानेससँग १-१ को बराबरी खेलेको छ। विसम वेन येडरले इन्जुरी टाइममा गोल गरेपछि सेभियाले लेगानेससँग अक खोस्न सफल भएको हो।
त्यसअघि मिकेल भेस्गाले खेलको पाँचौ मनेटमै गोल गर्दै लेगानेसलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए। अन्तिम समयमा गोल खाँदा लेगानेस ३ अंक जोड्नबाट बन्चित रह्यो।
बराबरीपछि सेभियाले एट्लेटिको मड्रिडलाई पछि पार्दै र शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम पार्ने मौका गुमायो। १७ खेलबाट ३७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने ३४ अंकसहित एट्लेटिको दोस्रोमा छ। समान खेलबाट ३२ अंक जोडेको सेभिया तेस्रो स्थानमै यथावत छ। एक खेल कम खेलेको रियल मड्रिड २९ अंकसहित चौथोमा छ।
यस्तै हुएस्कालाई २-१ ले पराजित गर्दै भ्यालेन्सिया आठौँ स्थानमा उक्लेको छ। भ्यालेन्सियाको १७ खेलबाट २२ अंक छ।