PahiloPost

Jun 24, 2026 | १० असार २०८३

चितवनबाट 'कोपिला'को छायाँकन सुरु



पहिलोपोस्ट

चितवनबाट 'कोपिला'को छायाँकन सुरु

काठमाडौं :  फिल्म 'कोपिला'को छायाँकन चितवनबाट सुरु भएको छ।

सामाजिक कथामा बन्ने फिल्मको शुभ मुहूर्त चितवनको हाकिमचोकमा गरिएको हो। फिल्मलाई शिवम अधिकारीले निर्देशन गर्दैछन्। फिल्ममा निर्देशक शिवमकै कथा छ।  फिल्ममा पत्रकार मणिराज गौतम र करुणकर घिमिरेको लगानी रहनेछ।

सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेलीलगायतका कलाकारले फिल्ममा अभिनय गर्नेछन्।   फिल्ममा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहनेछ।

 

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell