PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रका ४७ घर खरानी, आगोमा परी ११ जना घाइते, ५ चिन्ताजनक



पी बी खड्का

मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्रका ४७ घर खरानी, आगोमा परी ११ जना घाइते, ५ चिन्ताजनक

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादर शाहीको निर्वाचन क्षेत्रमा ४७ घर जलेर खरानी बनेका छन्। कालिकोटको पलाता गाउँपालिकास्थित वडा नं. १ खाडा वस्तीमा भएको आगलागीबाट ४७ घर जलेर खरानी बनेको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख महेशविक्रम शाहले जानकारी दिए। अहिले सम्म ४७ घर जलेर नष्ट भएपनि ८७ भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको वस्ती अर्थात् वडा नं. १ स्थित खाडागाउँमा भएको आगलागी घटनामा परेर ११ जना घाइते भएको प्रहरीको भनाई छ।
 
उनका अनुसार आगलागीबाट ११ जना घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घटनामा ६५ वर्षीय दिप न्यौपाने, ६५ वर्षकै लाल न्यौपाने, ५० वर्षीया औली न्यौपाने, ४२ वर्षीया चैती न्यौपाने र अन्य गम्भीर घाइते भएका छन्। आगो नियन्त्रण लिनेक्रममा अन्य ७ जना समान्य घाइते भएका जनाइएको छ।
 
कालिकोटको सदरमुकामदेखि ३२ कोषको दुरीमा रहेको उक्त घटानस्थलको बस्ती सखाप भएको छ। आफ्नै नातेदार नविन न्यौपानेको र मेगी न्यौपानेको घरको बीच भागबाट सुरु भएको आगोले बस्ती नै नष्ट भएको हो। खरले छाएका कारण क्षण भरमै बस्तीमै आगो सल्किएको थियो। 
करिब साढे २ बजेतिरबाट सुरु भएको आयो नियन्त्रणमा आएको छ। तर, भौतिक तथा अन्य धनजन क्षतिको भने एकिन विवरण भने आउने बाँकी रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

‘अहिलेसम्म घटनाको कारण केही खुल्न सकेको छैन्,’ प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले भने, ‘उद्दारमा सुरक्षाकर्मी खटाएका छौँ। घटनाको सबै विवरण समेत पाउन सकिएको छैन।’ घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उद्दारमा कुनै पनि कमी नगर्न मुख्यमन्त्रीको निर्दशन
आगलागी र त्यसबाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गहिरो दु:ख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको उक्त ठाँउमा भएको आगलागीमा ४७ घर पूर्णरुपमा क्षतिग्रस्त भएको तथा धेरै संख्यामा पशु चौपाया लगायत नगद तथा जिन्सी सामान समेत जलेको छ। आगलागीबाट घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
 
माननीय मुख्यमन्त्री शाहीले उक्त दुर्घटनाको सुचना पाउने बित्तिकै आगलागी नियन्त्रण, उद्धार तथा राहतको प्रबन्धका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट तत्कालीन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell