PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बीबीएल : होबार्ट हुरिकेन विरुद्ध पनि सन्दीपले पहिलो ओभरमै लिए विकेट



पहिलोपोस्ट

बीबीएल : होबार्ट हुरिकेन विरुद्ध पनि सन्दीपले पहिलो ओभरमै लिए विकेट
PHOTO : twitter.com/StarsBBL

नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगमा लगातार दोस्रो खेलमा विकेट लिएका छन्।

मेलवर्न स्टार्सका लागि खेल्दै पहिलो खेलमै २ विकेट लिएका सन्दीपले होबार्ट विरुद्ध आफ्नो पहिलो ओभरमा विकेट लिएका हुन्। उनले आफ्नो ओभरको तेस्रो बलमा होबार्टका एलेक्स डुलान (२) लाई बोल्ड गरे।
 

पहिलो खेलमा सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सन र कलुम फर्गुसनको विकेट लिएका थिए।

होबार्ट विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टिम मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको छ।

सन्दीपले होबार्ट विरुद्ध आफ्नो दोस्रो ओभरमा ७ रन खर्चेिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell