PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

वीरगंज महानगरले प्रधानाध्यापकहरु सरुवा गरेपछि आन्दोलन



राधेश्याम पटेल

वीरगंज महानगरले प्रधानाध्यापकहरु सरुवा गरेपछि आन्दोलन

वीरगंज: वीरगंज महानगरभित्र पर्ने आठ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवाको विरोधमा वीरगंजमा शिक्षक तथा विद्यार्थीहरुले पुस ९ र १० गतेको लागि दुई दिने शैक्षिक हडताल अह्वान गरेका छन्। शिक्षकहरुको विभिन्न राजनीतिक दल निकट पेशागत संगठनहरुले महानगरले गरेको सरुवा गैरकानुनी भएको भन्दै निर्णय फिर्ता गराउन आन्दोलनमा उत्रेका हुन्। शैक्षिक हडतालका कारण महानगरभित्रका सरकारी विद्यालयहरुको पठनपाठन प्रभावित बनेको छ।

नेपाल शिक्षक संघका तीर्थराज यादवको अनुसार महानगरले हचुवाको भरमा आठ जना प्रधानाध्यपकहरुको सरुवा गरी नोकरशाही प्रवृतिलाई उजागर गरेकोले सम्पूर्ण शिक्षकहरु हडतालमा उत्रिनु परेको बताए। उनले जबसम्म महानगरले निर्णय फिर्ता लिँदैन तबसम्म चुप लागेर नबस्ने र पठनपाठन ठप्प पार्दै आन्दोलन गर्ने कार्यक्रम रहेको बताए। गत बिहीवार महानगरको शिक्षा महाशाखाको निर्णयअनुसार ८ विद्यालयका प्रधानाध्यापकहरुको सरुवा गर्दै हुलाकमार्फत पत्र पठाएको थियो।

जसमा रेल्वे माविबाट देशशरण यादवलाई सोलकपुर माविमा, सुखचैना माविबाट दिनेश चौरयिालाई रेल्वे माविमा, नृसिंह माविबाट हरेन्द्र कुर्मीलाई त्रिजुद्ध माविमा, कोन्हिया माविबाट मोहम्द मुर्तुर्जा अन्सारीलाई माईस्थान विद्यापिठ माविमा, वीरगंज रात्री माविबाट पुरुषोत्तम मिश्रलाई कोन्हीया माविमा, सुरजी देवी माविबाट अनिल कुमार वर्णवाललाई नृसिंह माविमा, त्रिजुद्ध माविबाट नविनकुमार मिश्रलाई सुरजी देवीमा र माईस्थान माविबाट विनोद कुमार मेहतालाई सूचना माविमा महानगरले सरुवा गरेको हो।

जसमध्ये त्रिजुद्धमा माविमा सरुवा भएर जाने  प्रधानाध्यापक हरेन्द्र कुर्मीमात्र हिजो हाजिर भएका छन् भने ७ जना प्रधानाध्यापकहरु निर्णय फिर्ता हुने मागसहितको आन्दोनलमा देखिएका छन्।

महानगरले महानगरको शैक्षिक गुणस्तर विकास गर्न तथा प्रभावकारी पठनपाठन र विद्यार्थी अनुसारको शिक्षक दरबन्दी मिलान गर्न ६ वटा विद्यालयलाई अर्को विद्यालयमा मर्ज गरी ८ जना प्रधानाध्यापकलाई सरुवा गरेको वीरगंज महानगरस्थित शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए। उनकाअनुसार रात्री माविलाई माईस्थान माविमा, राधेमाई माविलाई सिद्धार्थ माविमा, प्रावि गहवालाई इन्दूलाखे निमाविमा, बहुअरी मुस्लिम टोललाई निमावि मदर्शा बहुअरीमा, जेलरोड प्राविलाई कन्या माविमा, बालसंस्कार प्रावि छपकैयालाई ताराचन्दा प्रावि छपकैयामा मर्ज गरिएको छ। मर्ज भएर गएको विद्यालयको सम्पति कर्मचारी अभिभावक विद्यालको स्वामित्वमा रहने जनाइएको छ।

अराजक बन्दै विद्यार्थी

प्रधानाध्यापक सरुवाकोविरुद्धमा शिक्षकहरु हडतालमा आज देखि उत्रेका छन् भने सम्बन्धित विद्यालयका विद्यार्थीलाई उक्साएर जुलुश, प्रदर्शन तथा चक्का जाम जस्ता कार्यक्रम भएका छन्। आईतवार माईस्थान विद्यापिठ र त्रिजुद्ध माविका विद्यार्थीहरुले आफनो विद्यालयको प्रधानाध्यापकलाई विद्यालयमा फिर्ता गर्न माग राख्दै जुलुक निकाली पठानपाठन अवरुद्ध पार्दै तोडफोड गरेका थिए। उनीहरुको आन्दोनलमा सरुवा भएका प्रधानाध्यापकहरुले नै उचालेको अभिभावकहरुको आरोप छ। सोमवार विहान सात बजेदेखि ११ बजेसम्म माईस्थान विद्यापिठका विद्यार्थीहरुलो घण्टाघर चोकमा चक्का जाम गर्दै प्रदर्शन गरेका छन् ।

के भन्छन् सरुवा भएका प्रधानाध्यापक

माईस्थान माविबाट सुखचैना माविमा सरुवा भइ हालसम्म हाजिर नभएका प्रधानाध्यापक विनोदकुमार मेहताले फोरमबाहेक अन्य पार्टीसँग निकट शिक्षक संघसंगठनमा आबद्ध प्रधानाध्यापकहरुको दण्ड दिने किसिमले सरुवा गरिएकोले अस्विकार गरेको बताए। उनले भने, यदि सरुवा गर्नु थियो भने महानगरका सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवा गर्नु पर्थ्यो, हैन भने आठ जनाको किन?उनले आफनो पार्टीसँग नजिक भएका प्रधानाध्यापकलाई राम्रो विद्यालयमा र आफूहरु राम्रो काम गरी प्रशंसा पाउने स्थानमा दण्डित गर्ने काम महानगर र विजय सरावगीले गरेको बताए। उनले हालको आन्दोनलमा विद्यार्थी र अभिभावक स्वतःस्फुर्त रुपमा अघि बढेको र उनीहरुलाई आफुले नउचालेको प्रतिक्रिया दिए।

निर्णय मानेन भने कडा रुपमा जान्छु : मेयर सरावगी

प्रधानाध्यापक सरुवाकोविरुद्धमा आन्दोलन चर्केपछि वीरगंज महानगरका मेयर विजय सरावगीले शिक्षक संगठनलाई पेलेर जाने संकेत गरेका छन्।

आईतवार साँझ ६ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले महानगरको निर्णयकोविरुद्धमा लाग्ने शिक्षकहरुसँग कडा रुपमा प्रस्तुत हुने बताए। ‘महानगरको पठनपाठन प्रभावित गर्न पाइदैन, गलत बाटोमा लाग्ने र धम्की दिने शिक्षकहरुसग स्पष्टिकरण सोध्ने र पछि उचित जवाफ नआए आवश्यक कानुनी कारवाही चाल्ने उनले बताए।

उनले भने,जीवन भर एउटै विद्यालयमा बस्नु पर्ने कहाँ लेखेको छ र?तपाई राम्रो गर्नु भएको छ भने अर्को विद्यालयमा गएर आफनो क्षमता देखाउनु पर्यो,महानगरको गाउका विद्यालयमा शिक्षक र विद्यार्थी अनुपात मिलेको छै शहरबाट ग्रामिण क्षेत्रमा प्रधानाध्यापकहरु जान चाहेका छैनन्,यो गलत कुरा हो।’

'कर्मचारी भएपछि स्थानीय तहको अधिनमा रहेर काम गर्नु पर्छ,' उनले भने, 'आन्दोलन गरी बालबालिकाको भविष्य किन बिगार्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell