PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बीबीएल : सन्दीपले दोस्रो खेलमा लिए ३ विकेट



पहिलोपोस्ट

बीबीएल : सन्दीपले दोस्रो खेलमा लिए ३ विकेट

काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग सिजन ८ को दोस्रो खेलमा ३ विकेट लिएका छन्।

यसै सिजन मेलवर्न स्टार्सका लागि सिण्नी थण्डर विरुद्ध खेल्दै बीबीएलमा डेब्यु गरेका सन्दीपल लगातार दोस्रो खेलमा विकेट लिएका हुन्। उनले सोमबार होबार्ट हुरिकेन विरुद्धको खेलमा ३ विकेट लिए।

उनले मेलवर्न स्टार्सका लागि खेल्दै पहिलो खेलमै २ विकेट लिएका थिए।

होबार्ट विरुद्ध सन्दीपले कप्तान म्याथ्यु वेडसहित म्याकडेरमोट र एलेक्स डुलानको विकेट लिए।

सातौँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीपले त्यस ओभरको तेस्रो बलमा होबार्टका एलेक्स डुलान (२) लाई बोल्ड गरे।

पहिलो खेलमा सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सन र कलुम फर्गुसनको विकेट लिएका थिए।

सन्दीपले होबार्ट विरुद्ध आफ्नो दोस्रो ओभरमा ७ रन खर्चिए भने विकेट लिन सकेनन्। आफ्नो तेस्रो ओभरमा सन्दीपले ५२ रन बनाएका कप्तान म्याथु बेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए।

यस्तै आफ्नो चौथो ओभरमा सन्दीपले २८ रन बनाएका म्याकडेरमोटलाई एलबीडब्लु आउट गरे।

होबार्ट विरुद्ध सन्दीपले ४ ओभरमा २४ रन खर्चँदै ३ विकेट लिएका हुन्। बीबीएल ८ को दुई खेलमा ५ विकेट लिइसकेका सन्दीप मेलवर्न रेनेगार्ड्सका केन रिचर्डसन र एडिलेड स्टाइकर्सका रासिद खानसँगै सर्वाधिक विकेट लिने सूचीमा अगाडि छन्।

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो हार बेहोरेको छ। स्टार्स होबार्टसँग ६ विकेटले पराजित भएको हो। यसअघि वर्षाले प्रभावित पहिलो खेलमा स्टार्स सिड्नी थण्डरसँग डीएल मेथडमा १५ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell