PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

अष्ट्रेलियामा हुने एक्स्पर्ट क्रिकेट फेस्टिभलमा राष्ट्रिय टिमका कप्तान पारस र दीपेन्द्र सहभागि हुने



रासस

अष्ट्रेलियामा हुने एक्स्पर्ट क्रिकेट फेस्टिभलमा राष्ट्रिय टिमका कप्तान पारस र दीपेन्द्र सहभागि हुने

काठमाडौँ : अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन्।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने उक्त महोत्सवमा नेपाली क्रिकेट टोलीले अष्ट्रेलियामा रहेका क्रिकेट समर्थक र खेलाडीसँग अन्तर्क्रिया गर्नाका साथै खेल गतिविधि आयोजना गरिने सोमवार आयोजितथ पत्रकार सम्मेलनमा नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानले जानकारी दिए।

उक्त महोत्सव यही पुस १५ गते मेलबर्न, २१ र २२ गते सिड्नी, २६ गते ब्रिसबेन तथा २८ गते एडिलेडमा कार्यक्रममा हुनेछ। एडिलेडमा हुने कार्यक्रममा भने नेपालका तीन खेलाडीसहित अष्ट्रेलियाका विभिन्न क्लबको खेलाडीसँग टि ट्वेन्टी सिरिजको क्रिकेट प्रतियोगितासमेत हुनेछ।

‘सबै मिलेर नेपाली क्रिकेटको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारा रहेको उक्त महोत्सवमा अष्ट्रेलियमा रहेका अन्य खेलाडीसँग पनि क्रिकेट खेलबारे छलफल गरिने आयोजकले जनाएको छ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले यस किसिमको महोत्सवले क्रिकेट खेलको विकास हुनाका साथै खेलाडीमा समेत हौसला मिल्ने बताए। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेको ब्राण्ड एम्बेस्डरसमेत रह]का कप्तान खड्कासहितको तीन सदस्य टोली आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell