PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रदेशहरुमा महिला आयोग खोल्न निर्देशन



पहिलोपोस्ट

प्रदेशहरुमा महिला आयोग खोल्न निर्देशन

काठमाडौं : संघीय संसदको महिला तथा सामाजिक समितिले प्रदेशहरुमा महिला आयोग खोल्न राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ।
राष्ट्रिय महिला आयोगले आफ्नो कार्य सम्पादनका लागि प्रदेशमा कार्यालय खोल्न सक्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म कुनै प्रदेशमा कार्यालय स्थापना गर्न सकेको छैन।

यसै आर्थिक वर्षभित्र प्रदेशहरुमा राष्ट्रिय महिला आयोगको कार्यालय खोल्न समितिले निर्देशन दिएको हो।

सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले महिला हिंसा न्यूनिकरणसहित व्यवहारमा रहेका विभेदलाई अन्त्य गर्न महिला आयोगलाई रनीतिक कार्ययोजना बनाउन पनि निर्देशन दिइएको छ।

राष्ट्रिय महिला आयोग ऐन २०७४ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको तर हालसम्म नियमावली बन्न नसकेको भन्दै शीघ्र नियमावली बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell