PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दोस्रो नेपाल आइडल रविलाई सुदूर पश्चिममा मुख्यमन्त्रीले यसरी गरे स्वागत, ओडले भने 'यो जित तपाईँहरूको' 



एम बम

दोस्रो नेपाल आइडल रविलाई सुदूर पश्चिममा मुख्यमन्त्रीले यसरी गरे स्वागत, ओडले भने 'यो जित तपाईँहरूको' 

कैलालीः नेपाल आइडलको विजेता भएपछि पहिलोपटक सुदूर पश्चिम प्रदेशमा आइपुगेका रवि ओडलाई प्रदेश सरकारले भव्य स्वागत गरेको छ। प्रदेश सरकारकै निमन्त्रणामा सुदूरपश्चिम आइपुगेका रविलाई सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी भब्य स्वागत गरेको हो। 


यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओली रविको स्वागतका लागि धनगढी विमानस्थलमै पुगेका थिए। 

स्वागत कार्यक्रमममा सुदूर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कैलालका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहा नगरपालिकाका मेयर नृप ओड, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनालगायतले रविलाई मन्त्रालयमै स्वागत गरे। कार्यक्रममा मुख्यमन्त्री त्रिचोचन भट्टले रविको प्रतिभा र जितले सुदूरपश्चिम प्रदेशलाई मात्रै नभएर नेपाललाई नै विश्वभर चिनाएको बताए। 

ग्रामीण स्तरमा र सुदूरको भूमिमा हजारौँ रविहरु लुकेर रहेको बताउदै मुख्यमन्त्री त्रिलोचन भट्टले भने ‘अब प्रदेश सरकारलगायत तपाई हामी सबैले ती लुकेका रविहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म चिनाउ जरुरी छ,’ उनले अगाडी थपे ‘त्यसका लागि प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौं।’ 

मुख्यमन्त्री कार्यालयमा भावुक मन्तव्य व्यक्त गर्दे रविले भने, 'यो जित मेरो होइन तपाइहरुको हो।’ आफुले गीत संगीतका लागि र कला, साहित्यका लागि अझै धेरै गर्न बाँकी रहेको उनको भनाई छ। आफु मात्रै नभएर गीत संगीतमा भविष्य खोज्ने र सम्भावना भएका अरु प्रतिभालाई उजागर गर्न पहल गर्ने पनि उनको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell