PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ए डिभिजन लिग : ११औँ चरणको खेलहरु भोलीबाट



पहिलोपोस्ट

ए डिभिजन लिग : ११औँ चरणको खेलहरु भोलीबाट

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा ११औँ चरणका खेलहरु भोलीदेखि सुरु हुँदैछ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् भने १० चरणसम्मको खेल सकिसकेको छ।

कूल ९१ खेल मध्ये ७० खेल भइसकेको छ। अब २१ खेल हुन बाँकी छ। अहिलेसम्म शतप्रतिशत नतिजासहित मनाङ मर्स्याङ्दी क्लब ३० अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानको संकटामाथि ५ अंकको अग्रता कायम गरेको छ।

अब ११औँ चरणमा यही दुई शीर्ष टिमबीच खेल हुँदैछ र यस खेलले नै लिग उपाधिको छिनोफानो हुने सम्भावना धेरै छ।

अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार मनाङ र संकटाबीचको खेल बिहीवार हुनेछ।

११औँ चरण अन्तर्गत बुधवार तीन खेल हुँदैछन्। जसअन्तर्गत ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा तथा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।

यस्तै एनआरटी र फ्रेण्ड्सबीचको खेल एपीएफ मैदान, हलचोकमा हुनेछ।

बिहीवार एपीएफले च्यासलसँग एन्फा कम्प्लेक्स मैदानमा खेल्नेछ। यस्तै त्यही दिन मनाङ र संकटाबीचको खेल पनि सोही मैदानमा हुनेछ। यसैगरी ११औँ चरणअन्तर्गत शुक्रवार सरस्वती युथ क्लब र त्रिभुवन आर्मी तथा नेपाल पुलिस र थ्री स्टारबीच खेल हुनेछ।

मनाङले संकटालाई पराजित गरेमा दुई खेल अगावै लिगको उपाधि जित्नेछ। यस्तो भएमा बाँकी खेलहरु शीर्ष ६ मा पर्न र औपचारिकताका लागि हुनेछ। सकंटाले मनाङलाई पराजित गर्न सकेमा भने लिगको उपाधि होडमा रोमाञ्चकता थपिनेछ।

एन्फाले १३औँ  अर्थात अन्तिम चरणको खेल तालिका भने अझै सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell