PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ऋण नतिर्दा बलिउड हिरो अर्जुन रामपाल कानुनी घेरामा, चेक बाउन्स भएपछि मुद्दा दायर



पहिलोपोस्ट

ऋण नतिर्दा बलिउड हिरो अर्जुन रामपाल कानुनी घेरामा, चेक बाउन्स भएपछि मुद्दा दायर

जेपी दत्ताको फिल्म पल्टनमा पछिल्लो पटक देखिएका बलिउडका हिरो अर्जुन रामपालले दिएको चेक बाउन्स भएपछि कानुनी कार्वाही अगाडि बढेको छ। चेक बाउन्स भएपछि वाई टी इन्टरटेनमेन्ट लिमिटेडले उनीविरुद्ध फौजदारी अपराधको मुद्दा दायर गरेको हो।

१ करोड रुपैयाँ ऋण र त्यसको वार्षिक १२ प्रतिशत ब्याजसहित तिर्नुपर्ने रकम उनले नतिरेको भन्दै मुद्दा दायर भएको हो। उनले ९० दिनभित्र रकम तिर्नेगरी ऋण लिएका थिए। तर, उनले दिएको चेक क्लियर हुन सकेन।

यो कम्पनीले फिल्महरुमा लगानी गर्दै आएको पनि छ। रामपाललाई अरुलाई भन्दा कम ब्याजदरमा ऋण दिएको कम्पनीले पैसा नउठ्ने देखेपछि मुद्दा दायर गरेको हो। रामपालको विपक्षमा यदि फैसला आयो भने उनले जरिवानासहित सबै रकम फिर्ता गर्नुपर्छ अथवा उनले काम गर्ने प्रोजेक्टहरुबाट त्यो रकम उठाउन सकिने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell