PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

रिसज पन्त र रमुना कार्की बने मिस्टर एण्ड मिस टुरिजम नेपाल



पहिलोपोस्ट

रिसज पन्त र रमुना कार्की बने मिस्टर एण्ड मिस टुरिजम नेपाल

काठमाडौँ: एसएसके मिडियाद्वारा आयोजित मिस्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को फिनाले सम्पन्न भएको छ। रिसज पन्त मिस्टर टुरिजम नेपाल र  रमुना कार्की मिस टुरिजम बने।

पुरुषतर्फ फस्ट रनर्सअप रोहित कुमार बने भने महिलातर्फ सुष्मिता लामाले फस्ट रनर्सअपको उपाधि हासिल गरे।  त्यस्तै, मस्ट  ट्यालेन्टको उपाधि राजन राई मगरले प्राप्त गरे। वेस्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले जितिन्। संयुक्त रुपमा आयोजना भएको प्रतियोगितामा ८ जना पुरुष र ७ जना महिला सहभागि भएका थिए।

समारोहमा उपस्थित राष्ट्रियसभा सभासद् माननीय कोमल ओलीले अब युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने बताइन्। 

गायक आनन्द कार्कीले गीत प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell