PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

विवाहको मण्डपमा गीतको एल्बम विमोचन



पहिलोपोस्ट

विवाहको मण्डपमा गीतको एल्बम विमोचन

काठमाडौं: आफ्नै विवाह समारोहबीच गीती एल्बम विमोचन गराइन् गायिका जीनु जोशीले। आभाष जोशीसँग विवाह गरेकी उनले समारोहमा ‘आभास’ नामकै एल्वम सार्वजनिक गराएकी हुन्।

‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतका संगीतकर्मीहरुले संयुक्त रुपमा विमोचन गरेका थिए।

एल्बममा ‘मस्ती’, ‘छाया तिमीलाई’, ‘तिमीलाई पाउने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हाँस्थे’ र ‘रमाउने छौ जीवनमा’ आठ गीत समावेश छन्। जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र संगीत संयोजन रहेको छ।

विगत दश वषदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका जिनु जोशीले शब्द, संगीत र गायन तीनै विधालाई एकसाथ अघि बढाइरहेकी छन्। थुप्रै कलेक्सन एल्बमहरुमा पनि स्वर दिएकी उनले यस अघि आधुनिक गीति एल्बम ‘प्रारम्भ’ र भजनसङ्ग्रह ‘माधवनारायण’ ल्याएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell