काठमाडौँ : धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजना मिति एक साता पछि धकेलिएको छ।
अंग्रेगी नयाँ वर्ष २०१९ को जनवरीमा नेपालले युएईसँग अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएपछि आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई एक साता पछि सारेको हो।र
यसअघि माघ १९ देखि फागुन ४ सम्म डीपीएल आयोजना गर्ने घोषणा भएको थियो। तर मंगलवार सार्वजनिक गरिएको नयाँ मितिअनुसार अब डीपीएल माघ २६ देखि फागुन १९ गतेसम्म आयोजना हुनेछ।
यस्तै प्रतियोगिताको लागि खेलाडी दर्ताको मिति र अक्सनको मिति पनि एक सातापछि सम्म लम्बाइएको छ। यसअघि खेलाडी दर्ता पुष १० गतेसम्म र अक्सनको मिति पुष १२ गतेलाई तय गरिएको थियो। नयाँ मितिअनुसार खेलाडी दर्ता पुष १७ गतेसम्मलाई कायम गरिएको छ भने अक्सन पुष गते हुने भएको छ।
६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने डीपीएल यस सिजन प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान फाप्लामा हुनेछ।
