PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सात वर्षदेखि बन्द औषधि लिमिटेडलाई ब्युताउने महाप्रबन्धक सुवेदीको राजिनामा



सागर बुढाथोकी

सात वर्षदेखि बन्द औषधि लिमिटेडलाई ब्युताउने महाप्रबन्धक सुवेदीको राजिनामा

काठमाडौं : नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले राजिनामा दिएका छन। दुई वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट नेपाल औषधि लिमिटेड छिरेका उनले कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै राजिनामा दिएका हुन्।

सुवेदीले जिम्मेवारी सम्हालेको २ वर्षमै ६ प्रकारका औषधि उत्पादन सुरु भइसकेको छ भने १६ प्रकारका औषधि ट्रायलमा गइसकेको छ।

सात वर्षदेखि बन्द औषधि लिमिटेडले उनी आएपछि छोटो समयमा प्रगति गरिरहेको थियो। सुवेदीले भारतीय औषधि कम्पनीले नेपाली बजारमा गरेको दबदबालाई अन्त्य गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउँदै आएका थिए।

तर, कार्यकाल सकिन एक वर्ष अघि नै उनले व्याक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन्। भने, 'मेरो व्याक्तिगत कारणले राजिनामा दिएको हुँ।'

पढ्नुस् : मृत औषधि लिमिटेडको पुनर्जन्म ‍: के रोक्ला भारतीय औषधिको दवदवा?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell