PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विद्युत् चोरी गर्ने रसुवा रोशन कन्सट्रक्सनले तिर्‍यो ४२ हजार जरिवाना



पहिलोपोस्ट

विद्युत् चोरी गर्ने रसुवा रोशन कन्सट्रक्सनले तिर्‍यो ४२ हजार जरिवाना

राजविराजः सरकारी ठेक्का लिएर विद्युत् चोरी गरेको आरोपमा विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनले रु ४२ हजार १५२ जरिवाना तिरेको छ।

राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का लिएका रसुवा रोशन कन्सट्रक्सन जनकपुरले विद्युत् चोरी गरी निर्माणको काम गरिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको टोलीले पक्राउ गरेको थियो।

हटियामा निर्माणाधीन गिलेसनमा एक वर्षदेखि ती निर्माण कम्पनीले डायरेक्ट पोलमा हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको पाइएपछि उक्त जरिवाना तिराइएको वितरण केन्द्रका प्रमख चन्द्रनारायण साहले बताए।

उनका अनुसार विद्युत् चोरी गरी निर्माण काम गरिरहेको जानकारीका आधारमा प्राधिकरणको टोलीले रड काट्ने दुई थान कटर, तीन थान पानी तान्ने पम्प र दुई थान चिम विद्युत्को पोलमा हुकिङ गरिरहेकै अवस्थामा बरामद गरिएको थियो।

विद्युत् चोरी गरी निर्माण कम्पनीले काम गरिरहेको पाइएपछि विद्युत् ऐन अनुसार रसुवा रोशन कन्सट्रक्सनसँग रु ४२ हजार १५२ बुझाउन विद्युत् प्राधिकरणले पत्र काटेको प्रमख साहले जानकारी दिए। सोही पत्र अनुसार कन्सट्रक्सनले उक्त जरिवाना तिरेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell