PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

कर्मचारी समायोजन प्रक्रियाको सूचना जारी गरिँदैः दरबन्दी तथा संरचना स्वीकृत, अध्यादेश आज संसदमा पेस हुने



पहिलोपोस्ट

कर्मचारी समायोजन प्रक्रियाको सूचना जारी गरिँदैः दरबन्दी तथा संरचना स्वीकृत, अध्यादेश आज संसदमा पेस हुने

काठमाडौँः सरकारले कर्मचारी समायोजन प्रक्रिया सुरु गर्न सार्वजनिक सूचना आह्वानको तयारी गरेको छ। समायोजनमा जान चाहने कर्मचारीलाई तीन साताको समय दिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको हो। सम्भवतः बुधवार नै सूचना प्रकाशित हुनेछ।

कर्मचारी समायोजन अध्यादेश अनुसार सरकारले सूचना प्रकाशित गर्न लागेको हो। सूचना प्रकाशन भएपछि कर्मचारीले इच्छ्याएको ठाउँमा जानका लागि निवेदन पेस गर्न सक्नेछन्।

सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ। जसमध्ये हालको समायोजन प्रक्रिया टुंगो लागेपछि अन्यको पदपूर्ति प्रक्रिया सुरु हुनेछ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार प्रसाद पनेरुले समायोजन प्रक्रिया बुधबारदेखि नै सुरु गरिने बताए। पनेरुले दरबन्दी स्वीकृत लगायतका प्राविधिक काम सकिएकाले समायोजनको सूचना आह्वान हुने बताए। 

यसअघि मन्त्रालयले पुस ८ गतेसम्म निजामती कितावखानाको अद्यावधिक रेकर्ड अनुसार सबै कर्मचारीको ज्येष्ठता विवरण प्रकाशित गरिसकेको छ।

मन्त्रालयले सामान्य प्रशासन, लेखा, राजस्व सबै समूहका कर्मचारीको विवरण प्रकाश गरेको हो। उक्त विवरण अनुसार कागजात पेस गर्न मन्त्रालयले कर्मचारीलाई निर्देशन दिइसकेको छ।

यसैबीच कर्मचारी समायोजन अध्यादेश पनि आजै सङ्घीय संसद्का दुवै सदनमा पेस हुनेछ। संसद् अधिवेशन नभएको अवस्थामा जारी भएको अध्यादेश अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्पाथन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell