
काठमाडौं: फिल्ममा पारिवारिक कथामा आधारित रहेर फिल्म 'लक्ष्मी रानी' बन्ने भएको छ।
फिल्ममा शुभेच्छाकै कथा र निर्देशन रहनेछ। अभिनेत्री दीपाश्री निरौला, झरना थापा, रेखा थापा फिल्म निर्देशनमा सक्रिय रहँदा शुभेच्छाले पनि निर्देशन थालेकी हुन्।
फिल्ममा दिव्य सुवेदीको छायाँकन, बवुल गिरीको संगीत रहनेछ। फिल्ममा भने शुभेक्षासँगै माधव प्रसाद सिक्देल, धिरन शाक्य, जय किसान बस्नेत, प्रदेशी शाह, मिथीला शर्मा ,रश्मी भट्ट, श्याम राईलगायतको अभिनय रहने छ।
आगामी पुष १८ गतेबाट निर्माण टिम छायाँकनमा जाने शुभेच्छाले जनाइन्।