PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ए डिभिजन लिग : ब्रिगेडलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो



पहिलोपोस्ट

ए डिभिजन लिग : ब्रिगेडलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो
photo : anfa

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४-१ ले पराजित गरेको छ। जितपछि शेर्पा अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा शेर्पाका लागि विश्वास श्रेष्ठले दुई गोल गरे। सबै पाँच दोस्रो हाफमा भएको खेलको ४६औँ मिनेटमा गोह प्याट्रिकले गोल गर्दै शेर्पालाई अग्रता दिलाए। ५४औँ मिनेटमा विसन गुरुङले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे।

विश्वास श्रेष्ठले ६१औँ र ८०औँ मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले ४-० को अग्रता बनायो। ब्रिगेडका लागि वैकल्पिक खेलाडी बर्तमान राईले ८७औँ मिनेटमा सान्त्वना गोल फर्काए।

सिजनको पाँचौ जितपछि ११ खेलबाट १७ अंक जोड्दै शेर्पा पाँचौ स्थानमा उक्लेको हो। एक खेल कम खेलेको आर्मी शेर्पा भन्दा एक अंकले अगाडी छ।

उता सातौँ हारपछि ११ खेलबाट ६ अंक रहेको ब्रिगेड पुछारबाट दोस्रो स्थानमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell