PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

झकिझकाउ भयो सौराह, हात्ती महोत्सव आजबाट



वसन्तराज उप्रेती

झकिझकाउ भयो सौराह, हात्ती महोत्सव आजबाट

चितवन : सौराहामा आजबाट १५ औ चितवन हात्ती महोत्सव सुरु हुने भएको छ। महोत्सवका लागि सौराहा झकिझकाउ बनाइएको छ। हात्तीलाई विभिन्न रंग लगाएर आकर्षक पारिएको छ। महोत्सवकै लागि होटलहरुले छुट अफर समेत ल्याएका छन्।

महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले हात्ती महोत्सवले मुलुककै प्रयर्टन प्रवर्द्धन गर्ने बताए। ' नेपालमा यस्तो महोत्सव सौराहामा मात्रै हुन्छ। यो महोत्सवले चितवन मात्रै होइन मुलुककै प्रर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ,' उनले भने।

उनले सौराहा वाइल्ड लाइफ पर्यटनका लागि प्रमुख गन्तब्य भएको बताउँदै महोत्सवले यही प्रडक्टलार्इ प्रवर्द्धन गर्न खोजेको बताए। विगतमा वाह्य पर्यटकका लागि मात्रै सौराहा आकर्षण रहेपनि केही वर्षदेखि आन्तरिक पर्यटकको समेत प्रमुख गन्तब्य रहेको घिमिरेले बताए। 

'सौराहा केही वर्षदेखि आन्तरिक पर्यटकको प्रमुख आकर्षण रहने गरेको छ। हात्ती सफारीकै लागि आन्तरिक पर्यटक धेरै आउने गर्छन्,' उनले भने। उनले सौराहा आउन अब पूर्वाधारले समेत साथ दिएको बताउँदै सहज रुपमा पर्यटक आउने वातावरण तयार भएको बताए।

'लामो समयदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड पूर्णरुपमा संचालनमा आइसकेको छ। अब पर्यटक चार घण्टामा काठमाडौंबाट चितवन आइपुग्न सक्छन्,' घिमिरेले भने। उनका अनुसार चितवनमा सन् २०१८ अवधिमा दुई लाख पर्यटक आएका छन्। सौराहामा भएका एक सय १० होटलमा वर्षभरिमा ४० प्रतिशत अकुपेन्सी रहेको उनले बताए। उनले पर्यटक भित्र्याउनका लागि होटलहरुले विभिन्न अफरहरु ल्याएको बताए।

'महोत्सव भन्ने बित्तिकै होटल दर महँगो भन्ने सोचिन्छ। यहाँ रहेका एक सय १० होटलमा आन्तरिक तथा वाह्य पर्यटकले सामन्यतया भन्दा थप सहुलियतमा होटल बुक गर्न सक्ने वातावरण बनाएका छौँ,'  उनले भने। विगत १४ वर्ष देखि आयोजना हुँदै आएको हात्ती महोत्सव आउँदा वर्षमा अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने होटल संघका महासचिव विनायक शाहले जानकारी दिए।

महोत्सवमा पर्यटकले हात्ती दौड, पोलो, फुटबल, हात्तीसँग सम्बन्धित लोक कथा, सांस्कृतिक नाच, थारु जातको रैथाने खाना रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell