PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कस्तो रहला त मुकुनको डेब्यू ?



पहिलोपोस्ट

कस्तो रहला त मुकुनको डेब्यू ?

काठमाडौं: फिल्म 'बुलबुल'बाट चोपेन्द्रको भुमिकामा देखिएको नयाँ अनुहार मुकुन भुषालको हो। उनले यसै फिल्म मार्फत् नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका हुन्।

मुकुनले यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो,नोयडाबाट अभिनयमा स्नातकोत्तर सकेका हुन्। यसअघि उनले नेपालको ओस्कार फिल्म कलेजबाट फिल्ममा स्नातकसम्मको अध्ययन पूरा गरेका थिए। उनले यसबीच लघु फिल्ममा अभिनय गरे।

आफूले कल्पना गरेको पात्रलाई मुकुनले हुबहु निभाएको निर्देशक विनोद पौडेल बताउँछन्। उनले भने ‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो। बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो। तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन। त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए।’

मुकुनका कामले निर्देशक प्रभावित देखिन्छन्। टिजरबाट दर्शकको सकरात्मक प्रतिक्रिया बटुलेका मुकुनको पहिलो डेब्यू फिल्म कस्तो रहला त त्यो पछि नै थाह हुनेछ।

फिल्म भने फागुन ३ गते नै प्रदर्शनमा आउनेछ। फिल्ममा मुकुनसँगै अभिनेत्री स्वस्तिमा खड्काको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell