PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आमाको अवसानसँग सहादत भएको रविको सपना



एम बम

आमाको अवसानसँग सहादत भएको रविको सपना

कैलाली : रंगीन दुनियाँमा चर्चित भएपछि सिन्दुरजात्रा जारी नै थियो। अभिनन्दन र सम्मानका कार्यक्रम भ्याइनभ्याइ। त्यही क्रममा अपर्झट खबर आयो - आमालाई करेन्ट लाग्यो।

अस्पताल पुर्‍याउँदै गर्दा बिष्नादेवी वितिसकेकी थिइन्। त्यो खबर रविका लागि करेन्टभन्दा डरलाग्दो झड्का थियो। सम्मान र र्‍यालीका कार्यक्रमको सूची लामै थियो बिहानैदेखि। ती सबै थाँती राखेर उनी आमालाई भेट्न हान्निए। 

नेपाल आइडल जितपछि सफलता साटिरहेका उनीसामु एकाएक दु:खको पहाड बज्रियो। सुदूरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा सोमबारमात्रै धनगढी पुगेका थिए रवि वड। सोमवारदेखि स्वागत, सम्मान, अभिनन्दनमै व्यस्त थिए।

मंगलवार बिहान घर पनि पुगेका थिए। पौने घन्टा घरमा बिताएर उनी फेरि कञ्चनपुरका विभिन्न स्थानीय तहले आयोजना गरेका सम्मान तथा अभिनन्दन कार्यक्रममा ब्यस्त रहे। मंगलवारमात्रै उनलाई भीमदत्त नगरपालिकाले सयौँ नागरिसहित र्‍याली निकालेर नगर परिक्रममा गरायो। अभिनन्दन गर्‍यो। अभिनन्दन पछि उनी मंगलबार महेन्द्रनगरमै बसे। बुधरवार बिहानैदेखि कैलाली र कञ्चपुरका विभिन्न ठाउँ पुग्ने कार्यतालिका थियो। तर, एकाएक आएको खबरले ती सबै कार्यक्रम रोकिए।
 
उनकी ४५ वर्षीया आमा बिष्ना ओडलाई करेन्ट लागेपछि उपचारका लागि धनगढी ल्याइयो। खबर पाएपछि रवि पनि धनगढी नै आउने तय भयो। तर, बिष्नाको अस्पताल नपुग्दै निधन भयो। 

जुन दिन उनकी आमाको निधन भयो त्यो दिन एउटा महत्वपूर्ण कार्यसूची थियो उनको। नेपाल आइडल जितको खुशीयाली परिवारसँग मनाउने अनि काठमाडौं फर्किने। तर, आमाको अकालको निधनसँगै उनको सपना अधुरै रह्यो, सधैंका लागि। 

त्यसो त रविको जीवनमा पीडाको पहाड नै छ। आठ वर्षकै उमेरमा जन्मदिने आमा गुमाएका थिए उनले। अहिले कर्म दिने आमा गुमिन्।  
बुधवार बिहान ७ बजे छिमेकीको मोटरबाट पानी तान्ने क्रममा घाइते भएकी बिष्नादेवीलाई अत्तरीयामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको थियो। सेती अञ्चल अस्पतालमा पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषित गरे। 

रविका बुबा भने २५ वर्षदेखि भारतको गुजरातमा ‘वाच म्यान’ का रुपमा काम गर्दै आएका थिए। उनी पनि बुधवार नै हिँडिसकेका छन् उताबाट। रविका बुबा बिहीवार साँझसम्म नेपाल प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell