PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

डेल स्टेन बने दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी



पहिलोपोस्ट

डेल स्टेन बने दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी

फास्ट बलर डेल स्टेन दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

पाकिस्तान विरुद्धको बक्सिङ डे टेष्ट अन्तर्गत पहिलो दिन एक विकेट लिँदै स्टेनले कीर्तिमान बनाएका हुन्।

ओपनर फकर जमनलाई डेन इलगरको हातबाट क्याच आउट गराएपछि स्टेनले टेष्टमा दक्षिण अफ्रिकाका लागि ४२२औँ विकेट लिएका हुन्। उनले सर्वाधिक विकेट लिने सूचीमा सन पोलकलाई पछि पारे। यसअघि स्टेनलले पोलकै कीर्तिमान बराबरी गरेका थिए।

सन पोलककले पनि ३५ वर्षीय स्टेनलाई दक्षिण अफ्रिकाको उत्कृष्ट फास्ट बलर मानेका छन्। 'तथ्य यो हो कि उनी दक्षिण अफ्रिकाले टेष्टमा अहिलेसम्म पाएका उत्कृष्ट फास्टर बलर हुन्। उनलाई कुनै विज्ञापनको आवश्यकता छैन। तथ्याङ्क र रेकर्डले नै त्यो देखाउँछ।'

 

२०१५ देखि चोटका कारण धेरै समय मैदान बाहिरै रहेका स्टेनले पछिल्लो दुई वर्षमा जम्मा ७ टेष्ट मात्र खेले।

सन् २००४ डिसेम्वरमा इंग्ल्याण्ड विरुद्ध खेल्दै टेष्टमा डेबयु गरेका स्टेनले ८९ खेल खेल्दै टेष्टमा कीर्तिमानी विकेट लिएका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell