काठमाडौं : २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बुधबारदेखि सुरु भएको छ।
विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब १०० वटा फोटोहरु राखिएको छ।
पहिलो खण्डमा भूकम्पबाट पुगेको क्षति पश्चात्को अवस्थालाई सामना गर्न भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ।
दोश्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनर्निर्माण र पुनर्स्थापनामा मानिसहरू आएको चरणलाई देखाइएको छ, जसमा निजी आवास पुनर्निर्माण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, सांस्कृतिक सम्पदा लगायतको पुनर्निर्माण, उत्पादक क्षेत्र, कृषि र पर्यटन क्षेत्रमा भइरहेका पुनर्निर्माण तथा पुनर्स्थापना, विद्युत, यातायात र खानेपानी, सरसफाई लगायतका क्षेत्रमा भएका कार्यहरुलाई समेटिएको छ।
तेश्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाहरूको अवस्था र पुनर्निर्माणपछि तिनीहरूको अवस्था सम्बन्धी करिब दुई दर्जन तस्वीरहरू राखिएका छन्।
चौथो खण्डमा पुनर्निर्माण र पुनर्स्थापनाका विभिन्न चरणमा भइरहेका कार्य तथा गतिविधिसँग सम्बन्धित डकुमेन्ट्रीहरू प्रदर्शन गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेश्रो वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुभारम्भ गरे।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लव) को सहकार्यमा आयोजित यस फोटो प्रर्दशनी पुस १३ गते साँझ ५ बजेसम्म चल्नेछ।