PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

'मणिकर्निका'को विरोध गर्नेहरुलाई कंगनाको कडा जवाफ



पहिलोपोस्ट

'मणिकर्निका'को विरोध गर्नेहरुलाई कंगनाको कडा जवाफ

बलिउड हिरोइन कंगना रनावतको 'मणिकर्निका'ले प्रदर्शन अगावै विभिन्न विवादको सामना गर्नु परेको छ। फिल्मका विषयमा केही मानिसहरुले आलोचना गर्दै आएका छन्।

जनवरी २५ मा यो फिल्म प्रदर्शनमा आउनेछ। प्रचारमा व्यस्त रहेकी कंगनाले फिल्मले विरोध गर्नेहरु सबैको मुख चुप गराउने बताइन्। फिल्मले नै सबैको जवाफ दिने उनी बताउँछिन्।

हालै उनले भनेकी छिन् 'मेरो फिल्मको विषयमा गलत बोल्नेहरु फिल्म हेरेपछि चुप हुनेछन्। जो राम्रा कुरा गरिरहेका छन्, मलाई थाह छ उनीहरुलाई कसैले रोक्न सक्दैन।'

फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन्। फिल्मलाई राधाकृष्ण र कंगनाले मिलेर निर्देशन गरेका हुन्।

सुरुवातमा आफूलाई एकैसाथ फिल्ममा अभिनय र निर्देशन गर्न गाह्रो भएको भन्दै उनले भनिन् 'मेरो अभिनय र निर्देशनले फिल्मलाई न्याय दिनेछ।'

'बजरङ्गी भाइजान' र 'बाहुबली'को सिरिज लेखिसकेका के.भी विजेन्द्रप्रसादले यो फिल्मको कथा लेखेका हुन्। कंगनाका 'तन्नु वेड्स मन्नु', 'तन्नु वेड्स मन्नु रिटर्न्स' र 'क्वीन'लाई दर्शकले रुचाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell