PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

निर्मलाको बलात्कार र हत्या गरेको साबिती बयान दिएको भनी प्रचार गरिएका प्रदीप रावल पनि छुटे



पहिलोपोस्ट

निर्मलाको बलात्कार र हत्या गरेको साबिती बयान दिएको भनी प्रचार गरिएका प्रदीप रावल पनि छुटे
मोन्टाज गरिएको तस्बिर

काठमाडौ : १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका १७ वर्षीय प्रदीप रावल आज रिहा भएका छन्।

रावलको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनए (वाई एसटिआर) सँग नमिलेपछि उनी छुटेका हुन्। 

जिल्ला प्रशासन कार्यलय काठमाडौंको आदेशमा चौधरीलाई रिहा गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

गत मङ्सिर २० गते रावल र २१ गते  विशाल चौधरीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरेको थियो। यसबीच प्रहरीले प्रदीपले बलात्कार र हत्या गरेको साबिती बयान दिएको खबर मिडियाहरुमा ‘लिक’ गराएको थियो।  

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला दुवैमा दुई जनाको डिएनए परीक्षण गराएको थियो। प्रहरीले रावल र चौधरीलाई नक्कली अभियुक्त बनाउन लागेको भन्दै चौतर्फी विरोध समेत भएको थियो। चौधरीलाई भने प्रहरीले गत शनिबार रिहा गरेको थियो।

निर्मला प्रकरणमा यसअघि पनि प्रहरीले अभियुक्त सार्वजनिक गरेका दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गराएको थियो। एसपी दिल्लीराज विष्ट, एसपी पुत्र किरण विष्ट, आयुस विष्ट, चक्रदेव बडु लगायत १५ जनाभन्दा बढीको डिएनए परीक्षण भइसकेको छ।  तर कसैसित मिलेको छैन।

कञ्चनपुर भीमदत्त नगरपालिका निमलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। पाँच महिना हुनलाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell