PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अदालतबाटै हथकडीसहित अभियुक्त फरार



पहिलोपोस्ट

अदालतबाटै हथकडीसहित अभियुक्त फरार

काठमाडौं : चोरी अभियोगमा म्याद थप गर्न अदालत लगिएका एक अभियुक्त त्यहाँबाटै फरार भएका छन्। 

चोरी अभियोगमा प्रहरी नियन्त्रणमा रहेका सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत काठमाडौंको परिसरबाट हथकडीसहित फरार भएका हुन्। 

अदालतबाट नै फरार भएको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने, 'हाम्रो टोलीले अदालतमा लगेर बुझाएको थियो। अदालत परिसरबाट नै फरार भएको जानकारी आएको छ। कसरी फरार भए हामी खोजी गरिरहेका छौं।' 

तामाङलाई केही समय अगाडि नै अदालतले चोरी मुद्दामा फैसला सुनाएको थियो। फरार सूचीमा रहेका तामाङलाई परिसरले समातेर अदालतमा बुझाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell