
काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ९ वटा उजुरी परेको छ। उजुरी सार्वजनिक गर्न भोलि समितिको बैठक डाकिएको छ।
सुनवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीशमाथि सुनवाइ सुरु भएसँगै उजुरीको आह्वान गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश जबरा मंसिर २७ गते संवैधानिक परिषद्बाट संसदीय सुनवाइका लागि सिफारिस भएका हुन्।
न्यायाधीश जबरा प्रधान न्यायाधीश पदका लागि अनुपयुक्त लागेमा आज पुस ११ गतेसम्म कार्यालय समयभित्र जो कोहीले पनि उजुरी दिन सक्ने आह्वान गरिएको थियो।
यसअघि संसदीय सुनवाइबाट न्यायाधीश दीपकराज जोशी अस्वीकृत भएका थिए।