PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अन्तत: दूरसञ्चार प्राधिकरणबाट झा आउट, सञ्चार मन्त्रीले भने : किन राजीनामा दिएको उहाँसँगै सोध्नुस्



पहिलोपोस्ट

अन्तत: दूरसञ्चार प्राधिकरणबाट झा आउट, सञ्चार मन्त्रीले भने : किन राजीनामा दिएको उहाँसँगै सोध्नुस्

  • उद्धव थापा-
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। उनले बुधबार राजीनामा बुझाएका हुन्। झाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन्।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामको पुष्टि गरे। 'राजीनामा दिएको हो, किन दिएको उहाँलाई सोध्नुस्,' सञ्चारमन्त्री बाँस्कोटाले भने।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै उनलाई अध्यक्ष बनाएको थियो। वर्तमान सरकारले नै उनलाई कार्यसम्पादनमा असफल देखिएको भन्दै पदबाट हटाए पनि दोहोर्‍याएर ल्याएको थियो। सरकारले उनलाई भदौ २१ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ति दिइएको थियो। 

झाको नियुक्तिको विषयलाई लिएर सत्तारुढ नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कडा आलोचना भएको थियो। पार्टीभित्रैबाट उनको नियुक्तिलाई लिएर आलोचना भएको भन्दै प्रधानमन्त्री झालाई नबोक्ने मनस्थितिमा पुगेको स्रोतको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell