PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सिरी ए : वैकल्पिक खेलाडी रोनाल्डोले गोल गरेपछि युभेन्ट्स हारबाट जोगियो



पहिलोपोस्ट

सिरी ए : वैकल्पिक खेलाडी रोनाल्डोले गोल गरेपछि युभेन्ट्स हारबाट जोगियो

क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको अन्त्यतिर गोल गरेपछि इटालियन सिरी ए मा युभेन्ट्स एनलान्टासँग हारबाट जोगिएको छ।

अवे मैदानमा भएको खेलमा रोनाल्डोको गोल मद्दतमा दश खेलाडीको युभेनट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो।

आत्मघाती गोल मार्फत खेलको दोस्रो मिनेटमै अग्रता बनाएको युभेन्ट्सको अपराजित यात्रा कायम राख्न ७८औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो। डुभान जापाटाले घरेलु मैदानमा दुई गोल गरेपनि एटलान्टाले खेल जित्न भने सकेन।

एटलान्टाका बेराट डिमसिटीले खेलको दोस्रो मिनेटमै आत्मघाती गोल गरेपछि युभेनट्सले अग्रता लिएको थियो। जापाटाले २४औँ मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरे।

५३औँ मिनेटमा रोड्रिगो बेनटानकुरले रातो कार्ड खाँदै मैदान छाडेपछि दोस्रो हाफमा युभेन्ट्स दश खेलाडीमा झर्‍यो। ५६औँ मिनेटमा जुपाटाले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए। तर ६५औँ मिनेटमा सामि खेडिराको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ७८औँ मिनेटमा गोल गरेपछि एटलान्टा जितबाट बन्चित रह्यो।

बराबरीपछि युभेन्ट्सले यस सिजन सिरी ए मा अपराजित यात्रा कायमै राखेको छ। १८ खेलबाट ५० अंक जोडेको युभेन्ट्सले दोस्रो स्थानको नेपोलीमाथि ९ अंकको अग्रता बनाएको छ। नेपोलीले एक खेल कम खेलेको छ। १८ खेलबाट २५ अंक जोडेको एटलान्टा सातौँ स्थानमा उक्लेको छ।

यस्तै सिरी ए मा लाजियोले बोलोग्ना र साम्पडोरियाले चिएभोलाई समान २-० ले पराजित गरेका छन्। लाजियो चौथो र साम्पडोरिया पाँचौ स्थानमा उक्लेको छ।

फ्रोसिनोनसँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलान भने छैटौँ स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell