PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

समायोजन हुन चाहने कर्मचारीले माघ १ गतेसम्म निवेदन दिनुपर्ने, स्थानीय तहसम्म हेल्प डेस्क स्थापना



पहिलोपोस्ट

समायोजन हुन चाहने कर्मचारीले माघ १ गतेसम्म निवेदन दिनुपर्ने, स्थानीय तहसम्म हेल्प डेस्क स्थापना

काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश तथा स्थानीय तहमा समायोजन हुन चाहने कर्मचारीका लागि आवेदन दिन आह्वान गरेको छ। मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै माघ १ गतेसम्म समायोजन हुन चाहेको सेवा समूहका लागि आवेदन दिन सूचित गरेको हो। 

कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ५ बमोजिम मन्त्रालयले सूचना जारी गरेको हो। कर्मचारीले सम्बन्धित सेवा समूह वा उपसमूहमा समायोजनका लागि आवेदन दिन सक्नेछन्। 

प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका समिति, प्रतिष्ठान लगायतका कर्मचारीले पनि स्थानीय तहमा समायोजन हुन चाहनेका लागि आवेदन माग गरिएको छ।

मन्त्रालयले अनलाइनमार्फत नै समायोजन आवेदन दिन सक्ने व्यवस्था गरेको छ। अनलाइनमार्फत् आवेदन दिन कुनै समस्या भएका सहजीकरणका लागि सबै कार्यालयमा हेल्प डेस्क स्थापना गरेको छ। सबै मन्त्रालय, विभाग, कार्यालय, प्रदेश स्तरका कार्यालय तथा सबै स्थानीय तहमा समेत हेल्प डेस्क स्थापना गरिएको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell