PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ए डिभिजन लिग : दश खेलाडीको च्यासलले एपीएफसँग अंक बाँड्यो



पहिलोपोस्ट

ए डिभिजन लिग : दश खेलाडीको च्यासलले एपीएफसँग अंक बाँड्यो
च्यासल युथ क्लब, file photo

काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा च्यासल र विभागीय टोली एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको च्यासल र एपीएफले १-१ को बराबरी खेले। सन्त बहादुर गुरुङले ३१औँ मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए।

४२औँ मिनेटमा एपीएफले बराबरी गर्ने मौका सदुपयोग गर्न सकेन। एपीएफले पाएको पेनाल्टीमा सुदिप सिख्राकार गोल गर्न चुके। उनको प्रहार च्यासलका गोलकिपर दिनेश थापा मगरले रोके।

पहिलो हाफमा एक गोलले पछि परेको एपीएफले दोस्रो हाफमा बराबरी गोल फर्कायो। ५४औँ मिनेटमा एपीएफका श्याम नेपालीले गोल गर्दै खेल बराबरी गरे।

७८औँ मिनेट गौरव बुढाथोकी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि च्यासल दश खेलाडीमा झरेको थियो।

बराबरीपछि ११ खेलबाट १७ अंक जोडेको एपीएफ छैटौँ स्थानमा यथावत छ। हिमालयन शेर्पा समान अंक भएपनि गोलअन्तरमा एपीएफ पछि छ। यस्तै ११ खेलबाट १५ अंक जोडेको च्यासल आठौँ स्थानमा छ। समान अंक रहेको पुलिस गोलअन्तरमा च्यासल भन्दा अगाडि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell