PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बीबीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ब्याट फ्लिप जितेपछि पहिले बलिङ गर्दै स्टार्स



पहिलोपोस्ट

बीबीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ब्याट फ्लिप जितेपछि पहिले बलिङ गर्दै स्टार्स

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा लगातार तेस्रो खेल खेल्दैछन्। सिड्नी सिक्सर्स विरुद्ध आज हुने खेलमा सन्दीप मेलवर्न स्टार्सको प्लेइङ ११ मा छन्।

सिड्नी सिक्सर्स विरुद्ध कप्तान ग्लेन म्याक्सवेलले ब्याट फ्लिप जितेपछि सन्दीपको टोली स्टार्सले पहिले बलिङ गर्दैछ।

यसअघि लगातार दुई खेल हारेको स्टार्स पहिलो जितको खोजीमा छ। टिम जितविहिन रहेपनि सन्दीपले भने उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिइसकेका छन्। स्टार्सले आजको खेलका लागि एक खेलाडी परिवर्तन गरेको छ। भारत विरुद्ध तेस्रो टेष्ट टोलीमा नपरेपछि पिटर ह्याण्डसकम्प ट्रेभिस डिनको स्थानमा स्टार्सको पहिलो रोजाईँमा खेल्दैछन्। 

सन्दीपले सिड्नी थण्डर विरुद्ध खेल्दै बीबीएलमा डेब्यु गरेका थिए। उक्त खेलमा ३६ रन खर्चेर २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध २४ रन खर्चेर ३ विकेट लिएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell