PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेफ्टाको अध्यक्ष पदमा पुन पुष्कर लामा, भने : विगतको भन्दा परिमार्जित र योजना बनाएर अघि बढ्नेछु'



पहिलोपोस्ट

नेफ्टाको अध्यक्ष पदमा पुन पुष्कर लामा, भने : विगतको भन्दा परिमार्जित र योजना बनाएर अघि बढ्नेछु'

काठमाडौं : चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्ष पदमा पुनः पुष्कर लामा विजयी भएका छन्। संघको साधारण सभामा उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्। उनले यसअघि ३ वर्षे कार्यकाल सम्पन्न गरिसकेका छन्।

कोषाध्यक्ष पदमा सुष्मा पौडेल, उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोख्रेल विजयी भएका छन्। शालीकराम दुलाल संघको महासचिव पदमा विजयी हुँदा सचिव पदमा दिव्यराज सुवेदी विजयी भए। 

विगतमा भन्दा अहिले झनै चुनौती बढेको लामा बताउँछन्। उनले भने 'नयाँ कार्य समितिलाई धेरै चुनौती छ। अब विगतको भन्दा अझै परिमार्जित र योजना बनाएर अघि बढ्नेछु।'  

संघको सदस्य पदमा पिताम्बर पाण्डे, रामेश्वर कार्की, देवराज गुरुङ, शोभा श्रेष्ठ, दुर्गा प्रसाद पौडेल, नवराज उप्रेती, कृष्णबहादुर थापा, साहिल खान, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell