
सिड्नी सिक्सरविरुद्ध १८ रन खर्चँदै आफ्नो तेस्रो खेलमा बलर सन्दीप लामिछानेले २ विकेट लिएका छन्। अष्ट्रेलियन बिग बास लिग (बीबीएल) को आजको खेलमा ४ ओभर बलिङ गरेका उनले ११ डट बल प्रहार गरेका थिए।
नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको आजको खेलमा एक चौका दिएका थिए। आजको खेलमा थप २ विकेट लिएपछि प्रतियोगितामा उनको विकेट संख्या ७ पुगेको छ। उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने पहिलो स्थानमा छन्।
The @IamSandeep25 fan club! #TeamGreen pic.twitter.com/sh1kPBPOSK
— Melbourne Stars (@StarsBBL) December 27, 2018
सन्दीपले सिड्नी थण्डर विरुद्ध खेल्दै बीबीएलमा डेब्यु गरेका थिए। उक्त खेलमा ३६ रन खर्चेर २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध २४ रन खर्चेर ३ विकेट लिएका थिए।
मेलवर्न स्टार्सका बलरका रुपमा सन्दीपको प्रदर्शनलाई सबैतिरबाट प्रशंसा मिलिरेहेको छ।
#BBL08 leading wicket takers:
— KFC Big Bash League (@BBL) December 27, 2018
7. @IamSandeep25
6. Daniel Sams
6. Jason Behrendorff
5. Six players pic.twitter.com/Fg3staf1ax
The joy on sandeep lamichane’s face is amazing that’s what it should be all about pure joy and love for the game. Great story.
— John Hastings (@johnhastings194) December 27, 2018