PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

छानबिन समितिको निष्कर्ष : मान्छे बोक्न ल्याएको वाइड बडी कार्गो टाइपको रहेछ



बीपी साह

छानबिन समितिको निष्कर्ष : मान्छे बोक्न ल्याएको वाइड बडी कार्गो टाइपको रहेछ

काठमाडौं : नेपाल वायु सेवा निगमले हालै किनेको दुईवटा वाइडबडी विमानको वाइडबडी छानविन उपसमितिले अनुगमन गरेको छ। आज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पुगेर समितिले जहाजको अनुगमन गरेको हो।

दुवै जहाज अनुगमन गरेपछि उपसमितिले उक्त जहाज सम्झौता गरिएअनुरुपको नभएको निष्कर्ष निकालेको छ। 'एरोप्लेन किन्न गएकोमा एरोट्रक खरिद गरिएछ,' उप समितिका एक सदस्यले भने। 

अनुगमनपछि उपसमितिका सदस्य सांसद प्रदीप यादवले भने, 'मान्छे ओसार्ने प्लेन किन्ने सम्झौता भएको थियो। यो चाहिँ कार्गो विथ प्लेन रहेछ। हामीले प्लेनको अनुगमन गर्दा यो मान्छे ओसार्ने प्लेन होइन। आधा मान्छे र आधामा कार्गो गर्ने प्लेन भेटियो।' 

जहाज बनेको धेरै समयसम्म पनि बिक्री नभएपछि एएआर फ्लाइ कम्पनी खडा गरेर नेपाललाई बिक्री गरेको पाइएको उपसमितिले जनाएको छ। बिक्री भएपछि उक्त कम्पनी बन्द भइसकेको छ।

गत वैसाखमा निगमले फ्रान्सको एएआरसँग दुई वटा जहाज किन्न सम्झौंता गरेको थियो। जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको बताइएको थियो। 

वाइड बडीबारे उपसमितिले आज पुन: महालेख परीक्षक टंकमणि शर्मासँग छलफल गरेको छ। शर्माले बदमासी भएकै पुन प्रष्ट पारे र यससँग सम्बन्धित केही दस्तावेजहरु पनि उपलब्ध गराएको उपसमितिले जनाएको छ। संसदीय समितिले भोलिबाट प्रतिवेदन लेखनको तयारी गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell