PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रतिबन्धित भारु भारत लैजाने क्रममा वीरगंजबाट तीन जना पक्राउ



राधेश्याम पटेल

प्रतिबन्धित भारु भारत लैजाने क्रममा वीरगंजबाट तीन जना पक्राउ

वीरगंज: पर्सा प्रहरीले प्रतिबन्धित भारु लैजाने क्रममा तीनजनालाई पक्राउ गरेको छ।

गत मंसिर २९ गते एक जना १ लाख ७० हजार भारु नोटसहित पक्राउ परेका थिए भने पुस १ गते भारु ५ लाख ६२ हजारसहित थप एक जनालाई पक्राउ गर्‍यो। दुबैसँग ५ सय र १ हजारको नोट बरामद भएको थियो।

बुधवार अपरान्ह ४ बजे को समयमा वीरगंज–१६ ईनार्वा शंकराचायृ गेट नजिकबाट जाँच गर्ने क्रममा भारत विहार पश्चिम चम्पारण बेतियाका प्रदीप भगतको साथबाट भारतीय नोट रू. २००० दरको ४५ थान, रू.५०० दरको १६१ थान,रू.२०० दरको २ थान गरी जम्मा रू.१ लाख ७० हजार ९ सय रुपैयाँ फेला परेको पर्साका एसपी रेवती ढकालले जानकारी गराए। 

उनलाई थप अनुसन्धानको लागिमध्ये क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरीले जनाएको छ। यसअघि पर्सा प्रहरीले कपडाको थैलीमा ५ सयको ११ सय २४ थान गड्डीसहित ५ लाख ६२ हजार भारु वीरगंजबाट रक्सौलतर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धानका लागि पठाएको थियो।

विहार पूर्वी चम्पारणका ओमप्रकाश साहलाई अवैध भारुसहित पक्राउ गरिएको थियो। भारु तस्करीमा विशेष गरी भारतीय नागरिकलाई ओसारपसारको लागि प्रयोग बढेको प्रहरीको आशंका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell