PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ने क पा स्थायी कमिटीको बैठकः छलफलले एकताको बलियो आधार तय भएको अध्यक्ष ओलीको जवाफ



पहिलोपोस्ट

ने क पा स्थायी कमिटीको बैठकः छलफलले एकताको बलियो आधार तय भएको अध्यक्ष ओलीको जवाफ

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएका छन्।

आजको बैठकमा ओलीले अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन माथि सदस्यहरूले राखेको प्रश्नको जवाफ दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। अपराहन्न चार बजे सुरु भएको बैठक तीन घण्टा बसेको थियो।

ओलीले बैठकमा भएको छलफलले पार्टी एकतालाई अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

मङ्सिर २९ गते देखि सुरु भएको बैठक भोलि बिहान सम्मका लागि स्थगित भएको छ। भोलि बिहान ८ बजे देखि बस्ने बैठकले राजनीतिक प्रतिवेदनलाई पारित गर्दै आगामी कार्यदिशा तय गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell