PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते



पहिलोपोस्ट

रुकुमः रुकुम पूर्वमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नम्बरको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सोही दुर्घटनामा परी रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन्। हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ। घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको छ। ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell