PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

रोकिएन टिपर आतंकः बालाजुमा चार ट्याक्सी र ठेलागाडालाई दियो ठक्कर, एकको मृत्यु दुई जना घाइते



पहिलोपोस्ट

रोकिएन टिपर आतंकः बालाजुमा चार ट्याक्सी र ठेलागाडालाई दियो ठक्कर, एकको मृत्यु दुई जना घाइते

काठमाडौंः काठमाडौंको बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

टिपरको ठक्करबाट ठेलागाडामा चिया बेच्ने धादिङ घर भई हाल बाइपास बस्दै आएका ५० वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग बालाजुका सहायक ड्युटी अफिसर अनिल अधिकारीले बताए।

टिपरको ठक्करका कारण बिसुंखेको श्रीमतीसहित दुई जना घाइते भएका छन्। हाल उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

बिहान करिब ५:३० बजे माटो बोकेर तिनपिप्लेबाट आएको ना ७ ख ७००५ नम्बरको टिपरले चार वटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिएको अधिकारीले बताए। 

ठक्करका कारण बा १ ज १९४१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। तीनवटा ट्याक्सीमा क्षति पुगेको छ। दुर्घटनाका कारण बालाजु क्षेत्रमा विहान केही समय सवारी आवगमन ठप्प भएको थियो।

टिपरको ब्रेक फेल भएको र अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाटो विस्तार भएपछि बालाजु क्षेत्र हुँदै पासाङ ल्हामु राजमार्ग ओहोरदोहोर गर्ने टिपरका कारण धेरैपटक यस्तो घटना भइरहेन गरेको स्थानीयहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell