PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर

चितवनः भरतपुर महानगरपालिका – १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन्।

आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्। दुर्घटना बिहान ७ः३० बजे भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell