PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

फ्राइडे रिलिजमा 'गोल' र 'सिम्बा' - कसले मार्ला बाजी?



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'गोल' र 'सिम्बा' - कसले मार्ला बाजी?

काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'गोल' प्रदर्शनमा आएको छ। विदेशी फिल्म 'सिम्बा' पनि नेपाल प्रदर्शनमा आएको हो।

भीम लामाको निर्देशनमा बनेको 'गोल'मा सविना कार्की र किशोर खतिवडाको मुख्य अभिनय छ। फिल्ममा निर्देशक लामाको कथा छ। फिल्मलाई आइ. पी.भट्टराईले निर्माण गरेका हुन्।

त्यस्तै प्रदर्शनमा आएको फिल्म 'सिम्बा'मा रणवीर कपुरको मुख्य अभिनय छ। रोहित सेट्ठी निर्देशित फिल्ममा 'केदारनाथ'बाट डेब्यू गरेकी साराअली खानको अभिनय छ। सैफअली खानकी छोरी साराको यो दोस्रो फिल्म हो।

'सिम्बा'ले क्यूएफएक्समा ११ सो पाएको छ। फिल्ममा तेलेगु हिट फिल्म 'टेम्पर'का केही दृश्यलाई समेटिएका छन्। निर्देशक सेट्ठीले यसअघि 'टेम्पर' टिमसँग दृश्यका लागि आधिकार लिएका थिए। क्यूएफएक्स अन्तर्गतको हल लबिममा फिल्मको एउटा सो सोल्ड आउट भइसकेको छ।

भारतीय समिक्षकले फिल्मलाई  रुचाइएका छन्। करण जोहर फिल्मका निर्माता हुन्। फिल्ममा अजय देवगनको केमियो भुमिका छ। यो साता हलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन। तर, क्यूएफएक्समा अझै साहरुख खानको 'जिरो' र हलिउड फिल्म 'अक्वाम्यान' प्रदर्शनरत छन्। रणवीरको 'सिम्बा'ले साहरुखको फिल्मलाई नेपालमा विस्थापित गर्ला? त्यो त पछि नै थाह हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell