PahiloPost

Jun 24, 2026 | १० असार २०८३

यस्तो बन्यो नेपाल आइडल बुद्ध लामाको दोस्रो गीत



पहिलोपोस्ट

यस्तो बन्यो नेपाल आइडल बुद्ध लामाको दोस्रो गीत

काठमाडौं : पहिलो नेपाल आईडल बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ। उपाधी जितेपछि आफ्नो पहिलो गीत 'सानी नरिसाउन'बाट चर्चामा रहेका उनले 'तिम्रो मायामा'बोलको गीत सार्वजनिक गरेका हुन्। 

गीतमा हिमांशु रायमाझीको शब्द छ। दिलिप समनको संगीत रहेको गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन्। गीतको भिडियोमा राजु ग्यावक र सिर्जना जिसी फिचर्ड छन्। भिडियोलाई समनले नै निर्देशन गरेका हुन्। भिडियोमा मिलन शंकरको छायाँकन र फराज अर्पणको सम्पादन छ।

यो गीतलाई दर्शकले आफ्नो पहिलो गीतलाई झैं रुचाइदिनेमा गायक बुद्ध आशावादी छन्। उनले पहिलोपोस्टलाई भने 'मेरो सानी नरिसाउनलाई जसरी नै यो गीतलाई पनि दर्शकले रुचाइदिनुहुनेछ भन्ने आशा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell