
काठमाडौं : फिल्म 'जानी नजानी'को गीत सार्वजनिक गरिएको छ। अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीतमा फिल्मको 'एउटीलाई मुटुमा घर'बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा अर्जुन र दुर्गा खरेलको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। भिडियोमा डेब्यू कलाकार निरिशा बस्नेत पनि फिचर्ड छिन्।
फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ। फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा र संवाद छ। फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशकिय फिल्म हो।
फिल्ममा संजय लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन, रेनिश फागोको रङ्ग संयोजन छ। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्मबाट मनिष आशावादी छन्। उनले भने 'फिल्मले हाम्रो पुस्ताको कथालाई उठान गरेको छ। फिल्मले माया त देखाइएको छ तर प्रस्तुतीकरण फरक छ।'