PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आगलागीका घटनाले कर्णालीवासी आक्रान्त, कसरी हुन्छ छिनभरमै बस्ती खरानी?



पी बी खड्का

आगलागीका घटनाले कर्णालीवासी आक्रान्त, कसरी हुन्छ छिनभरमै बस्ती खरानी?
फोटो: आगलागीबाट खरानी भएको कालिकोटको न्यौपानेवाडा।

सुर्खेतः एक वर्षअघि यसै समयमा मुगुको कार्मारोङ गाउँपालिकाको वडा नं. ४ मा पर्ने किम्री गाउँमा बिहान ९ बजे आगलागी भयो। वडाअध्यक्ष छिरिङ टासी लामाको घरबाट सुरु भएको आगो छिमेकीका १९ घर जलेर खरानी बने। सदरमुकाम गमगढीदेखि करिव ३ दिनको पैदल दुरीमा पर्ने किम्री गाउँमा लागेको आगो नियन्त्रण आउन सकेन। अन्तत: गाउँका १९ घर खरानी बने।  कसैले आफ्नो धनसम्पत्ती जोगाउन पाएनन्। 

त्यस्तै, गत माघ १६ गते हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं.–१ मा यस्तै आगलागी भयो।  बिहान करिब ११ बजे स्थानीय हरिबहादुर रिठालको गोठबाट सुरु भएको आगोले २८ घर सखाप पार्‍यो। सिंगो गाउँ खरानी बनेपछि मात्र राति ३ बजे आगो नियन्त्रणमा आयो। धनसम्पत्ती र अन्नपात कसैले जोगाउन नै सकेनन्। 

एक वर्ष नपुग्दै कर्णालीमा अहिलेसम्मकै ठुलो आगलागी कालिकोटमा भयो। जिल्लाको पलाता गाउँपालिका–१ को न्यौपानेवाडामा भएको आगलागीबाट ८७ घर जलेर खरानी भयो। मध्यरातमा लागेको आगोले न्यौपानेवाडाका बस्ती खरानी भइसकेपछि मात्रै विहान १० बजे आगो नियन्त्रणमा आयो। 


यसरी लागेको आगोले जनताको ठुलो क्षति हुदैँ आएको छ।  आगलागीका घटना पटक–पटक दोहोरिरहेका छन्। विभिन्न समयमा हुने यस्ता आगलागीका घटनाबाट करोडौँ क्षति यहाँका नागरिकले बेहोर्दै आएका छन्। कर्णालीमा हुने यस्ता आगलागी घटनाबाट वर्षैपिच्छे नागरिक आक्रान्त बनेका छन्। 

प्रदेशको राजधानी वीरेन्द्रनगरमासमेत गत माघ महिनामा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भए भने एउटा होटलमा आंशिक क्षति भयो। राजधानीभित्र आगलागी हुँदासमेत आगो नियन्त्रण आउन घण्टौँ कुर्नु पर्‍यो। 

यसरी कर्णालीमा हुने आगलागी नियन्त्रणका लागि कसैको ध्यान जान सकेको छैन। आगो नियन्त्रण नहुँदा सर्वसाधारणले करोडौँको क्षती भोग्नु परेको छ। भौगोलिक विकटता रहेको कर्णालीमा भैपरी आउने अकस्मात घटनाको उद्दार गर्ने उपाय सुल्झाउन कसैको योजना देखिदैँन। 

सडक सञ्जाल समेत नपुग्नु, आगो नियन्त्रण गर्ने उपकरणहरु उपलब्ध नहुनु जस्ता थुप्रै समस्या झेल्न बाध्य छन्। स्थानीयले पटक पटक यस्तै आगलागीका घटना भोग्न त के सुन्न समेत नपरोस् भन्ने चाहन्छन्। त्यसका लागि आगो नियन्त्रण गर्ने उपाय सुल्झाउन स्थानीय, प्रदेश र संघीय सरकार लाग्नुपर्ने देखिन्छ। यसरी आगलागी घटनाबाट दिन प्रतिदिन भइरहँदा सरकार भने उदासिन देखिन्छ। 

किन हुन्छन् छिनभरमै वस्ती खरानी?

आगलागी नियन्त्रण नहुनमा मुख्य चुनौती देखिएको छ। आगो लागेको १२ घण्टासम्म समेत नियन्त्रणमा ल्याउन नसक्नु पक्कै पनि सरकारको उदासिनता देखिन्छ। ५२ प्रतिशत गरिवीले पिल्सीएको कर्णालीमा अधिकांश खरको छानो हालेका बस्ती छन्। काठबाट बनाईएका परम्परागत घर त्यसैमाथि खरको छानो जसले गर्दा पनि छिनभरमै कर्णालीका बस्ती आगोले खरानी बनाउँछ। भौगोलिक विकटता भएको कर्णालीमा नदी र खोलाका बग्ने पानीबाहेक अन्य कुनै विकल्प छैनन्। खोला नाला पर्याप्त भएपनि पर्याप्त पिउने पानीसमेत नपाउने कर्णाली वासी आगो नियन्त्रणका बेला कसरी पाउनु? 

कालिकोटमा भएको घटना पनि पानी अभावकै कारणले आगो नियन्त्रण आउन समय लागेको पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने बताउँछिन्। कर्णालीमा भएको आगलागीमा अहिले सम्म प्राय ः खरकै छाना भएका वस्ती खरानी बनेका छन्। 

तथापी, घटना लगत्तै सुरक्षाकर्मी र उद्दारकर्मी समयमै नपुग्नुले थप क्षेती हुन जान्छ। विकटताले नै कर्णालीमा टेलिफोन सेवा समेत सम्र्पक हुन सक्दैन। मुगु, हुम्ला र कालिकोटमा भएको आगलागी घटनाका लागि सुरक्षाकर्मीले टेलिफोन सम्र्पक नहुँदा उद्दारमा कठिनाई भएको बताएका थिए। भर्खरै भएको कालिकोट घटनामा समेत टेलिफोन सम्पर्क समयमा नहुँदा थप क्षति बेहोर्नु परेको प्रदेश प्रहरी कार्यालय प्रमुख महेशविक्रम शाहले बताए। ‘हामीले सकेसम्म उद्दारमा सुरक्षाकर्मी साथिहरु खटाएका थियौँ।’ उनले भने, ‘टेलिफोन सम्र्पक नहुँदासमेत सस्मस्या भयो।’

अझै पनि सरकारको होस् नआए ...

पटक–पटकका आगलागी घटनाले पिरोलिएका नागरिक कालिकोटको भीषण आगलागीबाट अत्तालिएका छन्। आगामी दिनमा यस्ता समस्या र घटना सल्टाउन सरकार गम्भीर बन्नु पर्ने देखिन्छ। आगो नियन्त्रणका लागि शहर केन्द्रित बनेको दमकल कर्णालीका विकट वस्तीमा पुग्ने कुरै भएन्। त्यो बाहेक अन्य विकल्पको जोहो गर्न स्थानीय र प्रदेश सरकार लाग्नुपर्ने देखिन्छ। 

प्रदेश सरकारले पलाताको आगलागीबाट तत्काल हेलिकोप्टरको अभाव भएको महसुस गरेको छ। कालिकोट घटना उद्धारका लागि पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले प्रदेश सरकारसंग उद्दारका लागि हेलिकोप्टर पठाईदिन खवर गरे। त्यसपछि प्रदेश सरकारले केन्द्रको गृहमन्त्रालयसंग हेलिकोप्टर पठाउन माग ग¥यो। गृहमन्त्रालयले करिव २ बजेमात्रै सुर्खेत नेपाली सेनाको हेलिकोप्टर पठायो। हेलिकोप्टर सुर्खेत नपुग्दै करिब १२ बजेअघि नै न्यौपानेवाडाका वस्ती खरानी भए। यसरी सरकारको झन्झटिलो प्रक्रियाले समेत थप क्षेती बेहोर्नु कर्णालीको बाध्यता छ।  

यस्तै, आपत्कालिन र दुर्गमका वस्तीका लागि हेलिकोप्टर आवश्यक रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए। ‘हेलिकोप्टर भएको भए कालिकोटका केही घर बचाउन सक्ने अवस्था थियो।’ उनले भने,‘हामीले चाहेर पनि आगो नियन्त्रण गर्ने अवस्था रहने। हेलि भए थप सुरक्षाकर्मी पठाएर भएपनि नियन्त्रण गर्न सकिन्थ्यो।’

उनका अनुसार प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था गर्ने बारे केन्द्रित बनेको बताए। 

‘अहिलेनै प्रदेश सरकारले हेलिकोप्टर किन्न सक्ने अवस्था छैन्।’ उनले भने, ‘हेलिकोप्टर व्यवस्था गर्न केन्द्र सरकार र अन्य दातृ नियकायसंग समन्वय गरी माग गर्छाै। अन्तत ः केही गरी नभए कर्णालीका जनताका लागि आफ्नै लगानिमा हेलिकोप्टर खरिद गर्छाै।’

अहिले कर्णालीमा दैविक प्रकोप, अकस्मात हुने दुर्घटना, सडक सञ्जाल नजोडिएका दुर्गमवस्तीका लागि उद्दार र राहतका लागि हेलिकोप्टर अपरिहार्य देखिन्छ। कतियप विरामीलेसमेत समयमै उपचार अभावमा अकालमै ज्यान गुमाईरहेका छन्। अझै पनि सरकारको होस् नआए जनताले अरु के अपेक्षा गर्ने ? आजभोलि सवै कर्णालीवासीका मनमा यही प्रश्न उब्जिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell