PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'कसलाई दिउँ यो जोवन...' लोकगायक बुद्धिकृष्ण लामिछाने रहेनन्



पहिलोपोस्ट

'कसलाई दिउँ यो जोवन...' लोकगायक बुद्धिकृष्ण लामिछाने रहेनन्

भक्तपुर : लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न मृत्यु भएको छ। ६३ वर्षको उमेरमा उनको आफ्नै निवासमा मृत्यु भएको हो। उनी लामो समयदेखि विरामी परेका थिए। 

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो। पक्षाघातलगायत विभिन्न रोगले थलिएको उनकी छोरी सम्झनाले जानकारी दिइन्। 

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर..., ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’..., ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’....जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell